शिक्षकहरुलाई रेक्टा विधिको तालिम


माघ ०, २०८०


घोराही ९ माघ । गुरुकुल एकेडेमीका शिक्षक तथा शिक्षिकाहरुलाई रेक्टा विधिको तालिम दिएइको छ । गुरुकुल एकेडेमी तुलसिपुर र गुरुकुल एकेडेमी लमहिका नँया शिक्षक तथा शिक्षिकाहरुलाई यस्तो तालिम दिइएको हो । आधारभुत शिक्षण तालिम अर्थात विद्यार्थि केन्द्रित शिक्षण विधि अन्तर्गतको यो तालिममा गुरुकुल एकेडेमी तुलसिपुर तथा लमहिका २५ जना शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए ।
गुरुकुल एकेडेमीले अवलम्बन गरेको नँया शिक्षण विधिको बारेमा जानकारी दिने उद्धेश्य सहित यो तालिमको आयोजना गरीएको प्रधानाध्यापक गिरीले बताए । शिक्षक सक्रिय भएर पढाउने कार्यलाई परीवर्तन गरी अहिले शिक्षक सक्रिय भएर विद्यार्थिहरुलाई पनि सक्रिय बनाई पढाउनुपर्ने भएकोले गुरुकुल एकेडेमीले विद्यार्थिहरुलाई मात्र नभएर शिक्षकहरुलाई पनि नँया तरीकाबाट शिक्षण सिकाई क्रियाकलाप गर्न बिभिन्न कृयाकलाप तथा तालीमहरु प्रदान गर्ने गर्दछ । सो अनुरुप यो तालीमको आयोजना गरीएको हो । यहि माघ ४ गते बाट सुरु भएको ताली १० गते सम्म चल्ने छ । एक हप्ते तालीको आयोजना गौतम बुद्धको जन्म स्थल लुम्विनिमा गरीएको छ ।
तालिमको इन्टरनल प्रशिक्षकको रुपमा गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरी , सहायक प्रअ ज्ञानेन्द्र बुढा ,लमहिका सहायक प्रअ सुरज खनाल र गुरुकुल एकेडेमी घोराहीको मन्टेस्वरी संयोजक लोचना पौडेल रहेका थिए भने मुख्य प्रशिक्षकको रुपमा सिआइटिई नामक संस्था काठ्माण्डौँ प्रमुख सोनि पौडेल तामाङ र कल्पवृक्ष एजुकेशन फाउन्डेशनको प्रमुख प्रतिक्षा गौतम रहेका थिए ।
। दाङलाई शैक्षिक हव बनाउन तथा शिक्षण विधिमा नँयापन ल्याउन लागि परेको गुरुकुल एकेडेमीले २०७२ सालमा घोराहीमा विद्यालय संचालन गरेको थियो भने शैक्षिक सत्र २०८१ बाट तुलसीपुर र लमहीमा पनि विद्यालय संचालनमा ल्याउन लागेको छ ।

ad ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="