after_navbar

महायज्ञ सफल बनाउन संघसंस्थाहरुको प्रतिवद्धता


माघ १०, २०८०


दाङ,१० माघ । दाङको तुलसीपुरमा श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ लाग्दैछ । माघ १३ गतेदेखि तुलसीपुरको अरनीको मैदानमा सञ्चालन हुने महायज्ञको तयारी समेत तिव्र पारिएको छ । मानव सेवा आश्रम तुलसीपुरको मानव स्मारक भवन नामार्णर्थ महायज्ञलाई व्यवस्थित रुपमा सफल बनाउन मुलक आयोजक समिति एवम् विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।
गठित मुल आयोजक समितिले महायज्ञलाई सफल बनाउने उदेश्य अनुरुप विभिन्न संघसंस्थाहरुसंगको भेटघाटलाई तिव्र पारेको छ । विभिन्न सामाजिक संस्थाहरुसंगको भेटघाट कार्यक्रम अन्र्तगत बुधबार लायन्स क्लब, रोटरी क्लब,किवानिस क्ल्व, तुलसीपुर नगर जेसिस र गुप्ता समाज संग भेटघाट एवम्ु छलफल गरिएको मुल आयोजक समितिका सदस्य सचिव बुद्ध प्रकाश सिंहले जानकारी दिए।
मावन स्मारक निर्माण गर्ने उदेश्य आश्रमको मात्र नभई दाङवासीहरु साझा उदेश्य रहेको भन्दै सक्दो सहयोग गर्ने संघसंस्थाहरुको प्रतिवद्धता रहेको छ ।
महायज्ञलाई कसरी थप व्यवस्थित बनाउने र लक्ष्य प्राप्तीमा कसरी सहजीकरण गर्ने भन्ने विषयमा आन्तरीक छलफल समेत गरेर अगाढी बढने संघसंस्थाका प्रतिनिधिहरुले बताएका छन् ।
माघ १३ गतेदेखि माघ २० गतेसम्म सञ्चालन हुने महायज्ञको तयारीको बारेमा बिहिबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी गराइने मुल आयोजक समितिले बताएको छ

प्रतिक्रिया दिनुहोस

data-href="