after_navbar

पार्सद परिचयात्मक कार्यक्रम


माघ १२, २०८०


दाङ,१२ माघ । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आर्सद परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । खानेपानी संस्थाका अध्यक्ष चन्द्रकान्त खरेलको अध्यक्ष तथा वडा नम्बर ३ का अध्यक्ष विजय विक र वडा नं. ९ का वडाअध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागीहरुले खानेपानी संस्थाले धारा वितरणलाई व्यवस्थित गर्नुपर्ने बताएका थिए
उपभोक्ताको सँख्या बढ्दै जाँदा धारा सँख्या र पाईप सो अनुसार विस्तार हुन नसकेको भन्दै तत्काल उक्त कुरालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । कार्यक्रममा बोल्ने वक्ताहरूले विभिन्न ठाउँमा खानेपानीको आपूर्तिमा केही समस्या तत्काल समस्या ग्रस्त ठाउँको अनुगमन गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् ।
सो अवसरमा खानेपानीका पदाधिकारीले उपभोक्ताबाट आएको गुनासाहरूलाई लिपिवद्ध गरेर खानेपानी आयोजनाका क्षेत्रमा देखिएका समस्यालाई छिटोभन्दा छिटो हल गर्ने बताएका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेल, खानेपानीका सल्लाहकार किरण केसी, शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनोद शर्मा, उपभोक्ता चन्द्र बहादुर वली लगायतले खानेपानी संस्थाको प्रशासनिक, भौतिक एवं संस्थागत विकासमा पार्सदहरुको भूमिका महत्वपूर्ण रहने बताएका थिए । संस्थाका हरेक कृयाकलापलाई निगरानीमा राख्दै हरेक काम गतिविधिलाई व्यवस्थित बनाउन सल्लाह सुझाव समेत दिएका थिए।

संस्थाका कोषाध्यक्ष केशव बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव दशरथ वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

data-href="