after_navbar

बालगृहको अवलोकन


माघ १२, २०८०


दाङ,१२ माघ। तुलसीपुर उपमहानगरपालिका भित्र रहेका बालगृहको अवलोकन गरिएको छ। उपमहानगरपालिका वडा नं.  ६ र वडा नं १३  बखरियामा रहेको बालगृहको अवलोकन गरिएको छ।
उपमहानगरपालीका द्धारा संचालीत आपतकालीन एंव जोखिम अवस्थामा रहेका बालबालीकाको संरक्षणका लागि संचालीत अल्पकालीन बाल संचालन संरक्षण गृह संचालन समितीले बाल संरक्षण गृह दिदिघरको अनुगमन तथा अवलोकन गरेको हो ।

तुलसीपुर उपमहानगरपालीका उपमेयर स्यानी चौधरी, महिला बालबालीका तथा सामाजीक बिकास शाखा प्रमुख माया श्रेष्ठ, पुष्पा श्रेष्ठ, बालअधिकारकर्मी नवराज रजौरे, ईलाका प्रहरी कार्यालयका जानुका श्रेष्ठ लगाएतको टोली अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बाल संरक्षण गृहमा हालसम्म आश्रीत बालबालिका १३ जना बालीका र ९ जना बालक गरि २२ जना रहेका छन् । जसमध्य १ जना बालीका पारिवारीक तथा सामुदायिक पुर्नमिलन भएका पाईएको छ । आमा बुबा नभएका ३ जना बालक, २ जना बालिका गरि ५ जना रहेका छन् । यस्तै संरक्षक नै नभएका ३ जना बालक रहेका छन् । बालगृहमा बासस्थानको ब्यवस्था, सरसफाई राम्रो रहेको पाईएको छ । यस्तै खेल तथा मनोरञ्जनको ब्यवस्था सामान्य देखिएको छ । बालगृहबाट खाना, बास,शिक्षा, स्वास्थ्य, पारिवारिक पुर्नमिलन परामर्श जस्ता सेवाहरु दिईरहेको पाईएको छ ।

यस्तै बखरीयामा रहेको बालगृह निर्माधिन अवस्थामा रहेकाले बालगृहका कार्यवाहक अध्यक्ष निलु चौधरीले विभीन्न संघसस्ंथा र स्थानीय पालीकालाई सहयोग गरिदिन आग्रह गरिन।
बालगृहमा रहेका बालबालीहरु दाङ लगाएत सल्यान, रोल्पाबाट पनि आउँने भएकाले पछिल्लो समय सहयोग गर्ने निकायहरु कम मात्रामा आउँने गरेकाले केहि समस्या उत्पन्न भएको भन्दै सहयोग उपलब्ध भए सहज हुने बताइन। बालगृहमा रहेका  सबै बालबालिका स्वस्थ नै रहेको उनले बताइन।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="