तुलसीपुर, १३ माघ ।तुलसीपुरमा रहेको राप्ती बाल एकेडेमीको १५ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार पाण्डेको अध्यक्षता एवम् एनप्याव्सनका केन्द्रीय अध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमका सहभागीहरुले विद्यालयले छोटो समयमै आफ्नो पहिचान बनाउन सफल भएको बताएका थिए ।
कार्यक्रममा केन्द्रीय केन्द्रिय उपाध्यक्ष डाँगीले युवा जनशक्ति विदेशिने क्रम बढ्दो रहेको भन्दै देशमै बस्ने वातावरण निर्माणमा लाग्नुपर्ने बताए ।कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारी, राप्ती बबई क्याम्पसका पूर्व क्याम्पस प्रमुख महेश आचार्य, एनप्याव्सन दाङका जिल्ला अध्यक्ष भोजराज न्यौपाने, सचिव शालिकराम कार्की, प्याव्सनका लुम्विनी प्रदेशका सदस्य बासु रिजाल, १९ नं। वाहिनेका सहसेनानी दिपक भट्ट, राप्ती बाल एकाडेमीकी पूर्व विद्यार्थी किर्ति डाँगीलगायतले बोलेका थिए ।
विद्यालयका संस्थापक प्रिन्सीपल सुर्यप्रकास शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बार्षिक उत्सवमा प्रगति प्रतिवेदन पेश गदै विद्यालयका प्रिन्सीपल ठाकुरप्रसाद डाँगीले हाल विद्यालयमा कक्षा १० सम्म पढाई हुने गरेको र ५ सय ८२ जना विद्यार्थीहरु अध्ययन गरि रहेको बताएका थिए ।
कार्यक्रममा विद्यार्थीहरु निर्माण गरेका विभिन्न विज्ञान तथा आफ्ना कलाहरु प्रदर्शनिमा राखेको थिए । बार्षिक उत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु, नृत्य, गित,खेलहरु प्रस्तुत गरेका थिए । बार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रममा प्रथम, द्धितिय, तृतिय हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस