after_navbar

देशमा चिकित्सक पाउन कठिन हुनेछः मन्त्री बस्नेत


माघ १५, २०८०


काठमाडौं, १५ माघ। स्वास्थ्य तथा जनसँखया मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् । नेपालको शिक्षा नीति समयसापेक्ष नभएको भन्दै उनले अबको पाँच वर्षमा मुलुकले चिकित्सक पाउन कठिन हुने उनले बताए
सोमबार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले आफूले हेर्दा पाँच वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे ।

मन्त्री बस्नेतले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरू रहेको र नीतिभित्रका कमजोरीहरूलाई हटाएर अघि बढ्न आवश्यक रहेको बताए । जनसङ्ख्या बढिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरू पनि बढ्दै जान आवश्यक रहेको उल्लेख गरे ।
मन्त्री बस्नेतले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अप्ठ्यारो भइरहेको बताए।

‘‘अब पाँच वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन । यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन् । त्यो कमी कमजोरीलाई हटाएर आगामी दिनहरूमा बिरामीको सङ्ख्या अब घट्ने होइन बढ्ने हो । जनसङ्ख्या घट्ने होइन बढ्ने नै हो । त्यसकारण स्वास्थ्यकर्मीहरू बढ्न त जरुरी छ ।,’’ उनले भने ‘‘एकथरी सेवा सुविधा कमजोर भएर पलायन हुने अवस्था छ ।
मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमिक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताए । गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दैमन्त्री बस्नेतले यस्ता बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस

data-href="