after_navbar

तुलसीपुर नगर जेसिजको साधारणसभा


बैशाख ०८, २०८१


दाङ,८ वैशाख । तुलसीपुर नगर जेसीजले साधारणसभा तथा भित्तेपात्रो विमोचन गरेको छ। जेसीजले शनिवार साधारण सभा र नयाँ वर्ष २०८१ सालको  भित्तेपात्रो विमोचन गरेको हो ।

जेसीज बर्ष २०२४ का अध्यक्ष पुर्ण बिक्रम डाँगीकाे अध्यक्षता तथा तुलसीपुर ७ का अध्यक्ष राम बहादुर जिसिको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो।

कार्यक्रममा वडा अध्यक्ष जिसीले  युवाहरुको नेतृत्व तथा क्षमता विकासमा जेसीजले महत्वोपूर्ण भुमिका खेलेको बताएका थिए।  सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले समुदायमा पुर्याएको योगदान र त्यसको प्रभावका बारेमा समेत चर्चा गरेका थिए। सामाजिक सद्भाव कायम गर्नका लागि जेसीजले ठूलो भूमिका खेलेको भन्दै आगामी दिनमा यसको क्षेत्र थप फराकिलो बनाउदै लैजान आग्रह समेत गरे।

उनले व्यक्तिको अन्तरनिहित प्रतिभाको खोजी गरि तिनीहरुको क्षमता अभिवृद्धि गराइ एक असल नागरिक निर्माणमा संस्थाले आफ्ना गतिविधिहरु संचालन गर्दै आएको बताएका थिए।

प्रेस युनियनका केन्द्रीय सदस्य नारायणी रजौरे सल्यान जेसिजका अध्यक्ष अशोक बोहोराले समाजमा जेसीजले पुर्याएको योगदान र यसको भुमिकाका बारेमा चर्चा गरेका थिए ।
संस्थाका पूर्व अध्यक्ष दिपेश भण्डारी, मेघराज घिमिरे, नारायण भट्टराई , निवर्तमान अध्यक्ष  सालिकराम ओली लगायतकाले शुभकामना दिएका थिए ।
कार्यक्रमका सयोजक धिरज बस्नेतले  स्वागत मन्तव्य व्यक्त  गरेका थिए ।  कार्यकारिणी उपाध्यक्ष सुरज भण्डारीले धन्यवाद  ज्ञापन गरेका थिए भने  जेसिजका महासचिव  कमल प्रकाश शर्माले  कार्यक्रमको सहजीकरण गरेका थिए।
  साधारण सभाबाट  संस्थाले विभिन्न कार्य योजनाको खाका तयार पारेको जानकार दिएको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="