after_navbar

नेत्र ज्योती संघको २०औं वार्षिक साधारणसभा 


जेठ १५, २०८१


दाङ,  १५, जेठ ।दाङको तुलसीपुरमा रहेको नेपाल नेत्र ज्योति सङ्घको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता एवं नेपाल नेत्र ज्योति सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो।

कार्यक्रममा सहभागीहरूले नेत्र ज्योति संघले आफ्ना सेवाहरूलाई विशिष्टीकृत गर्दै लगेकोप्रति प्रशंसा गरेका थिए। आँखा उपचार मात्र नभई नाक कान र घाँटीको उपचार सेवा समेत गरिनुले यस क्षेत्रको गरिमा बढाएको उनीहरूले बताएका थिए।

कार्यक्रममा प्रमुख अतिथि श्यामकुमार पोखरेलले तुलसीपुरमा रहेको आँखा अस्पताल पश्चिमदाङको गौरवको विषय भएको बताएका छन्। शैक्षिक तथा प्रशासनिक क्षेत्रमा पछिल्लो समय उल्लेखीय रूपमा प्रगति गर्दै गएको प्रति प्रशंसा समेत व्यक्त गरेका छन्। अस्पतालको सेवालाई थप विशिष्टीकृत गर्दै लैजानका लागि स्थानीय सरकार र नेत्र ज्योति संघको सहकार्य र समन्वय निरन्तर भइरहनुपर्ने उल्लेख गरेका थिए।

कार्यक्रममा नेपाल रेड क्रस सोसाइटी दाङ शाखाका उपसभापति हरिहर पौडेलले राप्ती आँखा अस्पतालले अन्दोपना न्यूनीकरणमा उत्कृष्ट कार्य गर्दै आएको बताएका थिए। स्थानीय सरकारको सहकार्य र समन्वयमा आँखा उपचारलाई व्यवस्थित र प्रभावकारी बनाउँदै लगेको उनको भनाइ थियो।

  नेपाल नेत्रज्योति संघले स्थापनाकालदेखि हालसम्म आँखा स्वास्थ्य सेवा संगसंगै नाक, कान, घाँटी सम्बन्धि स्वास्थ्य सेवा प्रवाह गदै आएको छ । पौडेलले नाक, कान, घाँटीको सेवालाई थप प्रभावकारी बताउनुपर्नेमा जोड दिए।

यस्तै चिफ मेडिकल डिरेक्टर शुभलक्ष्मी कटुवालले नेत्रज्योति संघ र आँखा अस्पताल बिचको सम्बन्ध परिपुरक रहेको बताइन।
गढवा गाँउपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले आँखा अस्पताल नाफा मूलक भन्दा पनि सेवा मूलक भएर काम गदै आएको बताइन।
उनले २७ वटा आँखा अस्पताल मध्ये दाङ शाखाले नमूना काम गरेको बताइन।

बितेको एक वर्षको अबधिमा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालहरु, आँखा उपचार केन्द्रहरु र बाह्य कार्यक्रमबाट तिन लाख ११ हजार ५ सय ४१ जनालले ओपिडि सेवा लिएका छन् ।

यस्तै विशिष्टिकृत ओ.पि.डि. सेवा आँखा तर्फ रेटिना ५हजार ५ सय ९६, कर्निया ६ हजार ९६३, ओपिए एल ४ हजार १०७, बाल नेत्ररोग विभागबाट १ अजार २३७ गरी १७ हजार ९०२ जनाले सेवा लिएका छन् ।

यस्तै ओ.पि.डि. सेवा कानतर्फ १३ हजार ५९०, शल्यक्रिया मोतियाविन्दु तर्फ १५ हजार ४०२ जनाले सेवा लिएको नेपाल नेत्रज्योति संघ दाङ शाखाका सचिव घनश्याम सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार विशिष्टिकृत तथा अन्य सेवातर्फ रेटिना ८२४, कर्निया ६६२, आँखाको सौन्दर्य तथा क्यान्सर ९०१, बाल नेत्ररोग ११, अन्य ३ हजार २४६ गरी ५ हजार ६४४ जनाले सेवा लिएका छन् ।

संघ अन्तर्गत २८ वटा आँखा अस्पतालहरु र १५० भन्दा बढी आँखा उपचार केन्द्रहरु सञ्चालनमा रहेको छ ।  संघले वार्षिक रुपमा १२ लाख भन्दा बढी नेत्ररोगिहरुलाई बहिरंग सेवा र करिब ३ लाख भन्दा बढीको मोतिविन्दुको शल्याक्रियागरी उपचार सेवा पुर्‍याउँदै आएको छ ।

नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको विशिष्ठ आतिथ्यताका कार्यक्रम भएको हो ।

कार्यक्रममा लायन्सक्लवका डिष्ट्रिक गर्भनर विनोद कुमार श्रेष्ठ, संघका आजिवन सदस्य लिलाराम खनाल, तुलसीपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष यमकान्त भण्डारीले लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए।

नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभापति रेशम बहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव घनश्याम सुवेदीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="