दाङ ,७ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा अवस्थित दिव्य कुञ्ज एकेडेमीले योग शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार १० औँ अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा विद्यालयले उक्त कार्यक्रम गरेको हो।
विद्यार्थीहरुको मनोबल बढाउने उदेश्यले योग शिक्षा एवम् उत्प्रेरणात्मक कार्यक्रम गरिएको हो। कार्यक्रम प्रमुख प्रशिक्षक योग गुरु रविन्द्र बस्नेतले विद्यार्थीमा बौद्धिक क्षमता अभिबृद्धि गर्ने र शारीरिक रुपमा स्वस्थ राख्न योगको महत्वको बारेमा प्रशिक्षण दिएका थिए।
विद्यालयले शिशु कक्षादेखि १० कक्षा सम्मका विद्यार्थी र शिक्षकहरुलाई उक्त कार्यक्रममा सहभागी गराएको हो। शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योगको समग्र दृष्टिकोणमाथि जोड दिदै सहभागीहरुलाई प्रत्येक अभ्यासको शारीरिक र मानसिक फाइदाहरुबारे जानकारी दिइएको थियो ।
विद्यालयका प्राचार्य कुलानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बिधालयका कार्यक्रम संयोजक पूर्ण के.सी. (मुस्कान) ले गरेका थिए।
प्रतिक्रिया दिनुहोस