after_navbar

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानव अधिकार आयोगको ध्यानाकर्षण


असोज ०५, २०८२


काठमाडौँ, ५ असोज । राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न व्यक्ति, समूह र राजनीतिक दलका नेताबाट आएका घृणाजन्य अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ।

आइतबार जारी गरिएको विज्ञप्तिमा आयोगले यस्ता अभिव्यक्तिहरूले समाजमा हिंसात्मक गतिविधिलाई थप बल पुर्‍याउने सम्भावना रहेको भन्दै सचेत गराएको छ।

“नागरिकले आफ्नो धारणा राख्न र सार्वजनिक व्यक्तिको कार्यप्रति टिप्पणी गर्न पाउने अधिकार अभिव्यक्ति स्वतन्त्रताको हिस्सा हो,” विज्ञप्तिमा भनिएको छ, “तर यस्ता अभिव्यक्ति संयमित, मर्यादित र मानव अधिकारका मूल्य–मान्यताको दायराभित्र हुनुपर्छ।”

आयोगले अरुको मर्यादामा ठेस पुग्ने गरी अधिकार प्रयोग नगर्न, घृणाजन्य अभिव्यक्ति नदिइ हिंसात्मक अवस्था सिर्जना हुन नदिने र वर्तमान राजनीतिक परिस्थितिमा संयमित रही उचित निकास खोज्न सम्बन्धित सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="