after_navbar

प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


माघ ०१, २०८२


काठमाडौँ,३० पुस। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बुधबार बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहा, वडाध्यक्ष मनोज मोहन कुमार सिंह, योजना शाखा प्रमुख उदय कुमार साह, सहायक लेखापाल राज कुमार महतोसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार उनीहरूले किशोरीहरूका लागि खेलौना बनाउने तालिम सञ्चालनका क्रममा गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="