after_navbar

लेखा समितिको सभापतिमा खड्का निर्विरोध


२ घण्टा अगाडि


काठमाडौ,४ वैशाख । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्।

ad

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सभापति पदमा खड्काको मात्र उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

खड्काको उम्मेदवारी मोहन आचार्यको प्रस्ताव र जनकराज गिरीको समर्थनमा दर्ता गरिएको थियो।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो। सोहीअनुसार अन्य विपक्षी दल नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीले पनि कांग्रेस उम्मेदवारलाई समर्थन गरेका थिए।

निर्वाचनपछि खड्काले मुलुकमा आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संघदेखि स्थानीय तहसम्म आर्थिक पारदर्शिता र अनुशासन आवश्यक रहेको उल्लेख गर्दै ढिलासुस्ती गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने बताए।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र र लेखा समितिको नाममा काम ढिलाइ गर्ने प्रवृत्ति अब सह्य नहुने पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="