after_navbar

प्रहरीको मोटरसाइकल ठक्करबाट एक विद्यार्थी गम्भीर घाइते


४ घण्टा अगाडि


दाङ,५ वैशाख। दाङको तुलसीपुरमा प्रहरी हवलदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक विद्यार्थी गम्भीर घाइते भएकी छन्। शुक्रबार बिहान करिब ११ बजे नेपाल प्रहरीमा कार्यरत प्रहरी हवलदार भरत थारुले चलाएको मोटरसाइकलले तुलसीपुर स्थित गुल्मचोकस्थित जेब्राक्रसमा ठक्कर दिएको हो।

ad

प्रहरीका अनुसार मोटरसाइकल ठक्करबाट सल्यान घर भई हाल तुलसीपुर–८ दुधेना बस्दै आएकी १९ वर्षीया मुना बुढाथोकी घाइते भएकी छन्। उनको देब्रे खुट्टा भाँचिएको र टाउकोमा चोट लागेको छ।

घाइते बुढाथोकीको कोहलपुर मेडिकल कलेज मा उपचार भइरहेको छ। उनी कक्षा १२ मा अध्ययनरत हिमाल एकाडेमी की विद्यार्थी हुन् र यही १४ गतेदेखि परीक्षा सुरु हुने तयारीमा थिइन्।

मोटरसाइकल चालक ४१ वर्षीय भरत थारु पनि सामान्य घाइते भएका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="