after_navbar

सांसद साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा


७ मिनेट अगाडि


काठमाडौ,१६ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्।

ad

बुधबार बिहान सामाजिक सञ्जालमार्फत साम्पाङले सरकारको पछिल्लो कदमप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री शाहले नैतिक रूपमा पद छाड्नुपर्ने बताएका हुन्।

उनले सुकुमवासी बस्तीमा डोजर चलाउने निर्णयलाई लिएर सरकारमाथि प्रश्न उठाउँदै न्यूनतम मानवता नदेखिएको टिप्पणी गरेका छन्।

साम्पाङले अन्तर्राष्ट्रिय स्तरमै यस विषयमा चासो र आलोचना बढेको दाबी गर्दै यसलाई देशकै प्रतिष्ठासँग जोडिएको विषय भएको बताएका छन्।

सरकारले सुकुमवासी बस्ती हटाउने अभियान सञ्चालन गरेपछि यस विषयमा राजनीतिक र सामाजिक रूपमा विरोध बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="