after_navbar

बस र माइक्रो आपसमा ठोक्किदा दुइजनाको मृत्यु: २७ जना घाइते


२ घण्टा अगाडि


दाङ,१६ वैशाख । रुपन्देहीमा माइक्रोबस र ईभी माइक्रो आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ। २७ जना घाइते भएका छन् ।

ad

पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवदहको गणेशनगर नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो आपसमा जुधेका थिए।

दुर्घटनामा घाइतेमध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ भने मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="