दाङ,१७ वैशाख । जिल्ला प्रशासन कार्यालय दाङले अतिक्रमण गरी बनाइएका घरटहरा २१ दिनभित्र हटाउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालद्वारा जारी सूचनामा घोराही उपमहानगरपालिका १४ र १६ स्थित सरकारी जग्गामा अनधिकृत रूपमा निर्माण गरी बसेका व्यक्ति तथा संस्थालाई तोकिएको समयभित्र संरचना हटाई स्थान खाली गर्न भनिएको छ।
उक्त जग्गा ७ ख कित्ता नं. ६५२ मा पर्ने करिब १३-१४-३-० क्षेत्रफल (९२,८३५.८० वर्गमिटर) रहेको सूचनामा उल्लेख छ।तोकिएको समयभित्र घरटहरा नहटाएमा प्रशासन आफैंले हटाउने चेतावनी दिइएको छ।
साथै, वास्तविक भूमिहीन तथा सुकुमवासीहरूको हकमा वैकल्पिक व्यवस्थापन गरिने भएकाले सम्बन्धितलाई १० दिनभित्र कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ।

© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस