after_navbar

रोल्पामा तीर्थयात्री बोकेको जिप दुर्घटना


७ मिनेट अगाडि


दाङ,१७ वैशाख । रोल्पाको जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जिप दुर्घटनामा परेको छ। वैशाखे पूर्णिमाको अवसरमा पूजा गर्न रुकुमपूर्वबाट गएको जिप थवाङ गाउँपालिकाअन्तर्गत जलजला क्षेत्रमा दुर्घटनामा परेको हो।

ad


जिपमा १८ जना सवार रहेको इलाका प्रहरी कार्यालय थवाङले जनाएको छ। दुर्घटनास्थलमा भारी वर्षा भइरहेका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

जिप भिरबाट तल खसेको र घटनास्थलसम्म प्रहरी तथा उद्धार टोली अझै पुग्न नसकेको जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="