after_navbar

संवैधानिक परिषद् अध्यादेश पुनः सिफारिस गर्ने सरकारको निर्णय


१ घण्टा अगाडि


काठमाडौ,२१ वैशाख। सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् ९पहिलो संशोधन० अध्यादेश २०८३ पुनर्विचारका लागि फिर्ता भएकामा पुनः जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

ad

बैठकले उद्योगहरूमा ‘बोइलर’लाई ‘इलेक्ट्रोनिक बोइलर’ले प्रतिस्थापन गर्न कर्जा उपलब्ध गराउने र वायु गुणस्तर मापन क्षमता विस्तारका लागि विश्व बैंकबाट प्राप्त ५२ मिलियन अमेरिकी डलर सहुलियत ऋण तथा ५ मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, भारतसँग जिटुजी प्रक्रियामार्फत ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिइएको छ। बैठकले सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्दै संसद् भवन परिसरमा प्रवेशसम्बन्धी व्यवस्था पनि समावेश गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="