after_navbar

ओमानविरुद्ध नेपालको जित


बैशाख २२, २०८३


काठमाडौ,२२ वैशाख। विश्वकप डिभिजन लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ। मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ५० ओभरमा १ बल बाँकी छँदै २५६ रन बनाएर अलआउट भयो।

नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट ९४ रनको योगदान दिए। ओमानका नदीम खानले ३ विकेट लिए। २५७ रनको लक्ष्य पछ्याएको ओमान १७५ रनमै समेटियो। नेपालका गुलशन झाले शानदार बलिङ गर्दै ५ विकेट लिए।

यस जितसँगै नेपालले शृङ्खलाका ४ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंक जोडेको छ। यूएईले २ खेल जितेको छ भने ओमानले १ खेल मात्र जित्न सकेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="