दाङ,२३ वैशाख । दाङ प्रहरीले एकसाताको अवधिमा १८ सवारीसाधन नियन्त्रणमा लिएर कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले वैशाख १५ गतेदेखि २१ गतेसम्मको अवधिमा २ वटा जेसिबी, ६ वटा टिप्पर र १० वटा ट्याक्टर गरी जम्मा १८ सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनबाट गरिएको कारबाहीमार्फत ४ लाख ५२ हजार ४ सय १ रुपैयाँ राजस्व संकलन भएको छ।
त्यसैगरी, सोही अवधिमा प्रहरीले १२ जना फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ। पक्राउ परेकामध्ये उनीहरूबाट ४ वर्ष ९ महिना १० दिनको कैद सजाय कार्यान्वयन हुनुका साथै ५ हजार रुपैयाँ आर्थिक जरिवाना असुलउपर हुने प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस