after_navbar

देशभर गर्मी बढ्दोः तराईमा सतर्कता अपनाउन आग्रह


जेठ ०५, २०८३


काठमाडौ,५ जेठ। देशभर गर्मी बढ्दै गएको छ। विशेषगरी आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तापक्रम थप बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। पानी नपरेका ठाउँहरूमा गर्मी झन् बढ्दै गएको बताइएको छ।

यता, केही स्थानमा भने वर्षाको सम्भावना पनि रहेको छ। महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा मधेशसहित तराईका एक–दुई स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ। महाशाखाले आगामी दिनमा क्रमशः गर्मी बढ्दै जाने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="