दाङ,७ जेठ । सडक डिभिजन कार्यालय दाङले सडक सीमा (राइट अफ वे) अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल लगायतका संरचना हटाउन १५ दिनको समय दिएको छ।
बिहीबार जारी सूचनामा सार्वजनिक सडक ऐन २०३१ विपरीत सडक सीमाभित्र निर्माण भएका संरचनाले यातायात सञ्चालन र सडक सुरक्षामा असर परेको उल्लेख गरिएको छ।
कार्यालयका अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना संरचना आफैं हटाउनुपर्नेछ। तोकिएको समयभित्र नहटाएमा कार्यालयले आफैं हटाउने र त्यसको खर्च सम्बन्धित पक्षबाट असुल गर्ने चेतावनी दिएको छ।
अतिक्रमण हटाइने क्षेत्रमा महेन्द्र राजमार्गको धन्खोला–शिवखोला खण्ड, हुलाकी राजमार्गको गढवा–राजपुर सडक, मदन भण्डारी राजमार्गको सिसलपाटी–खलंगा–बालुवासंग्रही खण्ड तथा घोराही–तुलसीपुर–काल्चे सडक रहेका छन्।

यसैगरी भालुबाङ–गनाहा, कोइलाबास–लमही–घोराही, राप्ती राजमार्गको अमेलिया–तुलसीपुर–सिसलपाटी–खोलापास तथा थारमारे–चौरजहारी सडक खण्डमा पनि अतिक्रमण हटाइने जनाइएको
प्रतिक्रिया दिनुहोस