after_navbar

हावाहुरीले रुख ढल्दा दुई जनाको मृत्यु


१ घण्टा अगाडि


रोल्पा,१२ जेठ । रोल्पामा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको छ। थबाङ गाउँपालिका–२ का अन्दाजी ६० वर्षीय रुजु झाँक्री र ५० वर्षीय मनबुझी झाँक्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय थबाङले जनाएको छ।

सोमबार साँझ करिब पौने ८ बजेतिर थबाङ गाउँपालिका–२ झिङबारीस्थित थबाङ–घोराही सहिद मार्ग नजिक रुख ढल्दा उनीहरू च्यापिएका थिए।

प्रहरीका अनुसार दुबै जना थबाङ आधारभूत अस्पतालबाट बिरामी भेटेर घर फर्किने क्रममा बाटोमाथिबाट उत्तिसको रुख ढलेर च्यापिएका थिए। घटनामा रुजु झाँक्रीको घटनास्थलमै मृत्यु भएको थियो।

मनबुझी झाँक्री गम्भीर घाइते अवस्थामा रहेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरी उपचारका लागि थबाङ आधारभूत अस्पताल पठाइएको थियो।

थप उपचारका लागि पोखरा लैजाने क्रममा मंगलबार बिहान करिब साढे २ बजे बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय थबाङबाट करिब ११ किलोमिटर दक्षिणमा पर्दछ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="