after_navbar

घट्यो सुनको मूल्य


जेठ १३, २०८३


काठमाडौ,१३ जेठ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। मंगलबार ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर ५ हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="