after_navbar

मकैबारीमा महिलाको शव फेला


२ घण्टा अगाडि


दाङ,१० असार । दाङको तुलसीपुरमा एक महिलाको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–१३ गिदिनियाकी ६० वर्षीया चेच्या चौधरी मंगलबार बेलुकी आफ्नै घर नजिकको मकैबारीमा मृत अवस्थामा फेला परेकी हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक अशिम हमालका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

शव पोस्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट मृतकले मदिरा सेवन गरेको खुलेको प्रहरीले जानकारी दिएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १३ का वडाध्यक्ष मोहन पौडेलका अनुसार मृतक महिला तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर श्यानी चौधरीकी माइली भाउजु हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="