after_navbar

ढुङ्गाले लागेर डोजर चालकको मृत्यु


२ घण्टा अगाडि


कालीकोट,११ असार । कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकखण्डमा भीरबाट खसेको ढुङ्गा लाग्दा एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार रास्कोट नगरपालिका–८ का १८ वर्षीय बाबुराम टमटा डोजर चलाइरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको हो।

सडक निर्माणको काम भइरहेका क्रममा अचानक भीरबाट ढुङ्गा खसेर उनलाई लागेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="