after_navbar

पौडेलविरुद्धको बन्दीप्रत्यक्षीकरण रिटमा असार १६ गते सुनुवाइ


असार १२, २०८३


काठमाडौ, १२ असार । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतले असार १६ गते सुनुवाइ गर्ने भएको छ।

पौडेलकी श्रीमती दोमाया पौडेलले असार १० गते गैरकानूनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार १६ गते अन्तिम सुनुवाइ गर्ने आदेश दिएको हो।

पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा असार ८ गते सुर्खेतबाट पक्राउ गरी असार ९ गते विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको थियो।

विशेष अदालतले अनुसन्धानका लागि उनलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="