दाङ,१५ असार। दाङको दंगीशरणमा महिलाहरुका लागि सर्फ बनाउनेको समापन गरिएको छ ।महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने लक्ष्यसहित सञ्चालन गरिएको तालिमको समापन गरिएको हो। दंगीशरण गाउँपालिका-२ मा दलित महिलालाई लक्षित गर्दै तीनदिने सर्फ (लुगा धुने पाउडर) बनाउने आधारभूत सञ्चालन भएको थियो।
वडा कार्यालयको आयोजना, गाउँपालिकाको सहयोग तथा हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहजीकरणमा असार १२ देखि १४ गतेसम्म तालिम सञ्चालन गरिएको थियो। तालिममा वडा नं। २ का विभिन्न टोलबाट २५ जना दलित महिलाको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा वडा सदस्य अञ्जना विकको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष डम्बर खत्रीको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार तथा साना उद्यमतर्फ अघि बढ्न सहभागीहरूलाई आग्रह गरे। दलित एकता सञ्जालका अध्यक्ष मानबहादुर परियार, सहकारीका अध्यक्ष राजेन्द्र घर्ती तथा प्रशिक्षक विन्दु रोका मगरले सीपमूलक तालिमले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
तालिममा सहभागी महिलाहरूले सिकेको ज्ञानलाई प्रयोगमा ल्याउँदै सर्फ उत्पादनमार्फत आयआर्जन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस्ता कार्यक्रमले स्थानीय दलित महिलाको सीप विकास, आत्मनिर्भरता र आर्थिक अवसर विस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ। कार्यक्रमको सहजीकरण चक्र मिलन विकले गरेका थिए।
प्रतिक्रिया दिनुहोस