after_navbar

मंगलबारसम्म देशभर मनसुन फैलिने सम्भावना


२ घण्टा अगाडि


दाङ, १५ असार । देशभर मनसुन विस्तार हुने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबारसम्म सबै क्षेत्रमा फैलिने सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिसम्म मनसुन पुग्ने अनुमान गरिएको छ। यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी असार ५ गते पूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो।

मनसुन असार ८ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशमा पुगे पनि हाल यसको सक्रियता कमजोर रहेको छ। पर्याप्त वर्षा नहुँदा मध्य असारसम्म आइपुग्दा धान रोपाइँ प्रभावित बनेको छ।

आज देशभर मौसम सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा गए राति वर्षा भएको थियो भने काठमाडौँ उपत्यकामा बिहान हल्का वर्षा भएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशीको तराई र मधेस प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। आज राति पनि देशभर मौसम सामान्यतया बदली रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="