दाङ,२८ असार। पोखरीमा डुबेर सिराहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। जिल्लाको गोलबजार नगरपालिका–७ मा पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको हो।
आइतबार दिउँसो पशु बजार नजिकै पानी जमेर बनेको पोखरीमा नुहाउने क्रममा उनीहरू डुबेका हुन्। मृत्यु हुनेमा स्थानीय अब्बास खानका ८ वर्षीय छोरा सैफुल शेख तथा १० र १२ वर्षीया छोरीहरू रुविना खातुन र सवनम खातुन रहेका छन्।
प्रहरीका अनुसार वर्षाका कारण पशु बजार क्षेत्रको खाल्डोमा पानी जमेर अस्थायी पोखरी बनेको थियो। सोही स्थानमा नुहाउन गएका बालबालिकाहरू डुबेर ज्यान गुमाएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस