after_navbar

८० थान भरुवा बन्दुक बरामद


असार २, २०८३


दाङ,२९ असार । जिल्ला प्रहरी कार्यालय प्युठानले चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानबाट ८० थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ।

कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार विभिन्न घटनामा प्रयोग भएका तथा लुकाइछिपाइ राखिएका हतियारहरू बरामद गरिएको हो। पछिल्लो ६ महिनायता मात्रै जिल्लाका विभिन्न स्थानबाट ती हतियार फेला पारिएको प्रहरीले जनाएको छ।

बरामद गरिएका हतियारमध्ये केही चालु अवस्थामा रहेका छन् भने केही प्रयोग गर्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ। साथै, भरुवा बन्दुकका अतिरिक्त तीन थान पेस्तोल समेत बरामद गरिएको छ।

प्रहरीले इजाजतविहीन हतियार नियन्त्रणले आपराधिक गतिविधि न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरेको छ। चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा अवैध हातहतियारसम्बन्धी तीन वटा मुद्दा दर्ता भएको पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="