after_navbar

३४ जिल्लामा बाढीको जोखिम:सतर्कता अपनाउन आग्रह


असार २, २०८३


दाङ,२९ असार । निरन्तर वर्षाका कारण देशका विभिन्न ३४ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा उच्च जोखिम रहेको छ।

यस्तै, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा र कैलाली जिल्लामा मध्यम जोखिम रहेको जनाएको छ।

नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले नदी किनारका बस्ती, होचा भूभाग तथा डुबान प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। अनावश्यक आवतजावत नगर्न, मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा अवलोकन गर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न महाशाखाले आग्रह गरेको छ।

निरन्तर वर्षा जारी रहेकाले साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्ने, डुबान तथा कटानको जोखिम उच्च रहने चेतावनी दिइएको छ। सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय तथा विपद् व्यवस्थापन संयन्त्रलाई आवश्यक पूर्वतयारीसहित सतर्क रहन पनि निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="