after_navbar

बेहोस भएका बालकको उपचारका क्रममा मृत्यु


असार २, २०८३


दाङ,२९ असार । दाङमा एक बालकको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको बबई गाउँपालिका-५ खएरभट्टीमा खोला किनारमा एक्कासि बेहोस भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय दीपक सुनारका ७ वर्षीय छोरा प्रिन्स सुनार रहेका छन्। प्रहरीका अनुसार शनिबार अपराह्न करिब ४:३० बजे आफ्नै खेत नजिकको खोलाको किनारमा उनी अचानक बेहोस भएका थिए।

परिवारले तत्काल उनलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगेको थियो। प्रारम्भिक उपचारपछि अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो।

उपचारकै क्रममा राति करिब १०:३५ बजे बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका बेला उनका आमा बुबा नजिकै खेतमा धान रोपाइँ गरिरहेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="