दाङ,२९ असार । काठमाडौंस्थित तीन मिडिया हाउसका कार्यालयअगाडि बेवारिसे अवस्थामा गाडी पार्किङ गरी अवरोध सिर्जना गरिएको पाइएको छ।
कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको प्रवेशद्वारअगाडि बिहीबार बिहान करिब ७ बजेदेखि निजी नम्बरका कार पार्किङ गरिएकाले आवतजावतमा समस्या भएको छ। यसका कारण मिडिया हाउसका सवारीसाधन सञ्चालन र पत्रकारहरूको रिपोर्टिङमा समेत अवरोध पुगेको जनाइएको छ।
प्रहरीले गेटअगाडि अनधिकृत रूपमा गाडी पार्किङ गरी अवरोध गर्ने व्यक्तिको खोजी सुरु गरेको छ। आवश्यक कारबाहीका लागि कान्तिपुर कार्यालयअगाडि पार्किङ गरिएको एक गाडीमा प्रहरीले ह्विल लक समेत लगाएको छ।
यस घटनालाई हालै काठमाडौं महानगर प्रहरीसँग जोडिएको एक घटनासँग पनि सम्बन्धित रूपमा हेरिएको छ।
बिहीबार महानगर प्रहरीले मोटरसाइकलमा लक लगाएपछि मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेका थिए। उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो। उक्त घटनाबारे मिडिया हाउसहरूले समाचार प्रकाशन गरेका थिए।
प्रहरीले दुवै घटनाबीच सम्बन्ध भए,नभएको विषयमा अनुसन्धान जारी रहेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस