after_navbar

उपमहानगरको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु


० मिनेट अगाडि


दाङ,२४ साउन। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार साँझ करिब ९ बजेतिर तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्य चौकीको रा १ झ २११ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो। उक्त एम्बुलेन्सले बिरामी डेढ महिने शिशुलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै थियो।

दुर्घटनाका क्रममा शिशु आमाको काखबाट खसेर सिटमुनी पुगेको परिवारले जनाएको छ। परिवारका अनुसार एम्बुलेन्स पल्टिँदा शिशुको मृत्यु भएको हो। तर प्रहरीले भने शिशुको मृत्यु दुर्घटनाका कारण हो वा पहिल्यैको स्वास्थ्य अवस्थाका कारण भएको हो भन्ने विषयमा पुष्टि हुन बाँकी रहेको जनाएको छ।

शिशु निरन्तर रोइरहने समस्या भएपछि परिवारले तुलसीपुरमा बालरोग विशेषज्ञ नभेटिएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै थियो। दुर्घटनापछि अर्को एम्बुलेन्समार्फत बिरामीलाई नेपालगञ्ज पठाइएको थियो।

घटनामा अन्य तीन जना सामान्य घाइते भएका छन्। यस विषयमा थप स्पष्टता ल्याउन तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख र पीडित पक्षबीच छलफल भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="