राजन लामिछाने, दाङ ।
आजका युवा भाेलीका कर्णधार भन्ने उखानलाई चरितार्थ गरेर देखाएका छन् तुलसीपुर उपमहानगरपालिका १८ का वडा अध्यक्ष माधव वलीले । सामान्य गाउँघर रहेकाे वडाका अधिकाम्स भेग प्रायः ग्रामीण एरियामा फैलिएकाे छ । ग्रामीण भेग भएकै कारण विकासका आधारभुत कुराहरुकाे समेत अनुभव गर्न नपाएका वडावासीले जनप्रतिनिधिबाट आशा गरेभन्दा बढी विकासका नमुनाहरु देख्न तथा त्यसकाे प्रतक्ष लाभ उठाइरहेका छन् ।
वडालाई विभिन्न विकासका याेजनाहरुसँग जाेड्दै वडावासीकाे मन जित्न सफल छन् वडा अध्यक्ष माधव र सम्पूर्ण उहाँको नेतृत्व पंक्ति । दाङमै पहिलोपटक पशु सुत्केरी भत्ता हाेस् या स-साना बालबालिकाहरूलाई दिवा खाजाकाे सुरुवात गरेर प्रसंशनिय कार्य गरेकाछन् । दलित आवास कार्यक्रमका दर्जन बढी परिवार तथा खरकाे छाना विस्थापनमा ३५० बढी घरधुरी लाभान्वित भएका छन्।
कृषकलाई उर्जा दिने अभिप्रायले स्मार्ट कृषि गाउँका रुपमा गाउँलेलाई अगाडी बढाउनुका साथै भूमि वर्गीकरण गरि कृषि क्षेत्र र बसाेवास क्षेत्र छुट्टयाइएको छ । वडा पानीमा आत्मनिर्भर जस्तै भईसकेकाे छ ।वडकाे रानीवन क्षेत्रमा पाेखरी , कुहिरेसाेतामा पाेखरी ,आमुखाेली पाेखरी , लमहीमा भालुसाेता ड्याम र हस्परुवा ड्याममा प्रसस्त मात्रामा पानी रहेकाे छ जसले गर्दा आसपासका सबैलाई यसले जाेड्न सकेकाे छ ।समाजमा रहेका बिपन्न महिलाहरूलाई सीपमूलक तालिमको व्यवस्था मिलाएर आत्मनिर्भर बनाउँदै जेष्ठ नागरिक दिवा केन्द्र निर्माण गरि सबैको मन जित्दै आएका छन् वडा अध्यक्ष वली र उनकाे टिमले ।
आफु वडा प्रवेश गर्दा वर्षाै देखि भाडमा चलिरहेको भवनमा प्रवेश गरेका वली नेतृत्वको टिमले करिब ५ वर्षकै अबधिमा सम्पूर्ण बिकासका साथै सुविधासम्पन्न वडा कार्यालय भवन समेत निर्माण गरिसकेको छ । वडाको प्राय सम्पूर्ण भूभागमा नगरपालिकाको मापदण्ड अनुरुपको बाटो निर्माण , स्तर उन्नति का साथै करिब ६ कि मि भन्दा बढी सडक कालाेपत्रे समेत भएकाे छ । आफ्नाे गाउँ आफै बनाउँ भन्ने साेचका साथ अघि बढेको माधव वली नेतृत्वले पर्यावरण जाेगाउने अभिप्रायले गजकाे स्वलाेगान जोगाऔ चाैतारी गाँसाै दाैँतरी भन्दै गाउँमा भएकाे चाैतारी जाेगाउने तथा चाैतारी वृद्धि गरि हाम्रो माैलिकता जाेगाउने कार्य गरेका छन् ।
यिनिहरुले के गर्लान् र भन्ने हरुलाई विकासको स्वाद चखाएकाे वली नेतृत्वले काभिड जस्तो महामारीमा जनताको घरघरसम्म पुगी स्वास्थ लाभकाे कमनाका साथै विशेषज्ञ सेवा समेत उपलब्ध गराएकाे थियो । आगामी दिनमा अझै आफ्ना कार्यहरुद्वारा जनताकाे मन जित्दै वडालाई समृद्धिकाे नयाँ युगमा लैजान माधव वली लगाएत सम्पूर्ण नेतृत्वलाई शुभकामना ।
प्रतिक्रिया दिनुहोस