after_navbar

कस्तो रहला आजको मौसम ?


जेठ २, २०८२


देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

ad

काठमाडौँ, २८ जेठ । हाल नेपालको पश्चिमी र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ। देशको पुर्वीय भागका अधिकांश क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार, आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, आज रातिसमेत मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना यथावत् रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा फेरी पनि हल्का वर्षा र हिमपातको सम्भावना कायम रहने विभागले जानकारी दिएको छ।

विभागले आकस्मिक मौसम परिवर्तनको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="