काठमाडौँ,११ असार। खेल्ने क्रममा सेफ्टिक ट्यांकीमा खसेर दुई जना बालबालिकाको मृत्यु भएको छ । सेफ्टिक ट्यांकीमा खसेर रौतहटको चन्द्रपुर नगरपालिका(१० निबुवाका दुइ बालबालिकाको मृत्यु भएको हो । स्थानीय गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मृत्यु भएको हो ।
बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए । सेफ्टिक ट्यांकीबाट निकालेर दुवै बालबालिकालाई उपचारका लागि सरकारी अस्पताल चपुर पुर्याइएको थियो ।
तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले दुवै बालबालिकालाई मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीले जानकारी दिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस