काठमाडौँ,२५ असार । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिले खनालले अनुशासनहीन क्रियाकलाप गरेको ठहर गर्दै कारबाही गरेको हो। समितिका संयोजक आनन्द ढुंगानाले बुधबार खनाललाई कारबाही सम्बन्धी पत्र पठाई लुम्बिनी प्रदेश समितिलाई समेत जानकारी गराएका छन्।
खनालमाथि गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको छ। यही कारण देखाउँदै कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीले उनीविरुद्ध अनुशासन समितिमा उजुरी दर्ता गराएका थिए।
पार्टी अनुशासन उल्लंघनका विषयमा नेपाली कांग्रेसले पछिल्ला दिनमा कठोर कदम चाल्दै आएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस