after_navbar

प्रधानमन्त्रीको स्पेन भ्रमणमा गैरसरकारी सहभागीको छानबिन आदेश


असार ३०, २०८२


काठमाडौं,३० असार । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक सहभागी भएका व्यक्तिहरूको विषयमा छानबिन गर्न निर्देशन दिएका छन्।

ad

सोमबार बिहान गृहमन्त्री लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई यसबारे तत्काल छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको उनका सचिवालयले जनाएको छ।

“प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डलबाहेक स्पेन को–को गए, कुन विधि, प्रक्रिया र कुन संस्थामार्फत गएका हुन् भन्नेबारे छानबिन गर्न निर्देशन दिएको छु,” मन्त्री लेखकको भनाइ उद्धृत गर्दै सचिवालयले जानकारी दिएको छ। “जानका लागि भिजिट भिसाको प्रबन्ध कसले गर्‍यो लगायतका विषयमा पनि अनुसन्धान हुनेछ।”

प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा गएका केही नेपाली फर्किन नसकेको र त्यसकै आधारमा सरकारको चर्को आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="