बुटवल,१० साउन। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा अभिव्यक्ति दिएका राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल एक वर्षका लागि निलम्बनमा परेका छन्।
साउन ९ गते बसेको संघको पदाधिकारी बैठकले खरेललाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गर्दै एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको हो। महासचिव रमेश चौलागाईंद्वारा जारी पत्रमा खरेलले पार्टी निर्देशन अवज्ञा गर्नुका साथै अराजक र अभद्र व्यवहार गरेको उल्लेख छ।
महाधिवेशनका सन्दर्भमा सोधिएको स्पष्टीकरणमा खरेलले इमेलमार्फत तीन पृष्ठ लामो जवाफ पठाएका थिए। उनले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै नेतृत्व परिवर्तनको कुरा उठाउनु अपराध नभएको बताएका छन्। साथै, निलम्बन निर्णय अन्यायपूर्ण भएको भन्दै आवश्यकता परे समानान्तर कमिटी बनाउन सक्ने चेतावनी पनि दिएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस