after_navbar

घरमा सुतिरहेको वृद्धको हत्या


श्रावण १५, २०८२


सिरहा, १४ साउन । सिरहाको धनगढीमाई नगरपालिका–११ आमचोकमा धारिलो हतियार प्रयोग गरी एक वृद्धको निर्मम हत्या गरिएको छ।

ad

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० वीरेन्द्र कुमार पासवानका अनुसार ७५ वर्षीय अनिल लाल यादवलाई आज बिहान सुतिरहेको अवस्थामा टाउकोमा धारिलो हतियार प्रहार गरिएको हो।

प्रहरीले दिएको जानकारीअनुसार यादव बुधबार बिहान गम्भीर घाइते अवस्थामा ओछ्यानमै फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, सिरहा लगिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्याको कारण र दोषीको खोजीका लागि प्रहरी टोली खटिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="