काठमाडौँ, १४ साउन ।बलात्कारको आरोप लागेको मधेस प्रदेशसका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश पिताम्बर शर्माको इजलासले सो आदेश दिएको हो। अहिराजलाई साउन ४ गते पक्राउ गरिएको थियो। घटनासम्बन्धी प्रहरी अनुसन्धान सकिएपछि साउन १३ गते काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई विपक्षी बनाएर अदालतमा मुद्धा दायर गरेको हो।
अभियोग अनुसार, पीडित महिलाले २०८१ साल जेठ ४ गते नयाँ बानेश्वरस्थित आफ्नो डेरामा बलात्कार भएको दाबी गरेकी छन्। घटनाको अनुसन्धानपछि प्रहरीले अहिराजलाई पक्राउ गरी नौ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।
अहिराजले आरोप अस्वीकार गर्दै आएका छन्। मुद्दा अहिले प्रारम्भिक चरणमा रहेको र थप कानुनी प्रक्रिया अगाडि बढ्ने जनाइएको छ।
अदालतको आदेशसँगै उनी हाल थुनामा रहनेछन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस