दाङ, ३० असोज । दाङमा जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा तुलसीपुर–६ का ४८ वर्षीय सुरेन्द्र हमाल, तुलसीपुर–९ का ४५ वर्षीय गुमबहादुर चलाउने, सोही ठाउँका ५० वर्षीय विरबहादुर बस्याल, घोराही–१४ का ५० वर्षीय विष्णु गुप्ता, घोराही–१५ का ३९ वर्षीय खिमबहादुर डाँगी, सोही ठाउँका ३१ वर्षीय पंकज न्यौपाने, घोराही–१३ का ३३ वर्षीय सूर्य बोहरा, सोही ठाउँका ३१ वर्षीय आकाश लम्साल, घोराही–११ का २७ वर्षीय गोबिन्द डाँगी, घोराही–१७ का ३१ वर्षीय रजनिस चौधरी र घोराही–३ का २० वर्षीय सुरज पुन रहेका छन्।
प्रहरीका अनुसार गएराति करिब १ बजेतिर घोराही उपमहानगरपालिका–१५ शहीद गेट नजिक रहेको होटल सुपर लजको कोठा नम्बर १०३ मा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको साथबाट एक लाख ८८ हजार ८ सय २० रुपैयाँ नगद र ११ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय दाङबाट ७ दिनको म्याद थप गरी उनीहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको दाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस