after_navbar

कपिलवस्तुका पूर्वमेयर सिंह मृत फेला


२ घण्टा अगाडि


दाङ,२४ साउन। तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तुका पूर्वमेयर किरण सिंहको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहरप्रसाद भट्टका अनुसार आइतबार मध्याह्न सिंहको शव फेला परेको हो।

“उहाँको शव केहीबेरअघि फेला परेको छ, घटनाबारे अनुसन्धान भइरहेको छ,” एसपी भट्टले बताए। ६५ वर्षीय सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता थिए। बेपत्ता हुनु अघि उनले आफू बाटो बिराएको भन्दै आफ्नो व्यवसायिक साझेदारलाई सम्पर्क गरेका थिए। प्रहरीले जनाएको अनुसार उनले सम्पर्क गरेको क्षेत्रबाटै शव फेला परेको हो।

सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="