after_navbar

बझाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु


८ मिनेट अगाडि


बझाङ । बझाङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार आज बिहान केदारस्युँ गाउँपालिका-७७ भामचौरमा सुदूरपश्चिम प्रदेश ०१-००१ च ४३७६ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा केदारस्युँ गाउँपालिका-७ काँडाचौरका २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपमा १० देखि १२ जना सवार रहेको र केही घाइते भएको प्रहरीको भनाइ छ । घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

data-href="