after_navbar

महरा पत्नी सीताको निधन


कार्तिक १, २०७७


दाङ। पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ।

निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बुधबार बिहान ६:२५ बजे निधन भएको महराका छोरा एटमले जानकारी दिए।

उनलाई केहि दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं पुर्याईएको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="