after_navbar

नेपालमा २७ सय ५३ संक्रमीत थपिए


कार्तिक २२, २०७७


काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २७ सय ५३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २२ सय ६ जना डिस्चार्ज भएका छन्। योसँगै कुला डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ। 

एकै दिन १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या भने एक हजार ८७ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या भने ३५ हजार ४३५ रहेको छ। 

प्रतिक्रिया दिनुहोस

data-href="