after_navbar

दाङका १० क्रसर उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन


मङि्सर ०८, २०७७


दाङ। सरकारले दाङका १० वटा क्रसर उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङको अगुवाई र विभिन्न सरकारी कार्यालयको सहभागितामा गरिएको अनुगमनका क्रममा १० वटा क्रसर उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन दिईएको हो । बालुवा प्रशोधन गर्ने गरी उद्योग दर्ता गरेको तर क्रसर उद्योग नै सञ्चालन गरेको पाईएपछि ती १० उद्योगलाई बन्द गर्न निर्देशन दिईएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले आज पत्रकार सम्मेलन गरि गृह मन्त्रालयले कार्तिक २५ गते जारी गरेको परिपत्र अनुसार अनुगमन गरि उद्योगहरुको अबस्थाका बारेमा जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले १२ वटा क्रसर उद्योग दर्ता भएका मध्य १० वटा सञ्चालनमा रहेका र सबै बैधानीक ढंगले चलेको जानकारी दिनुभयो ।

त्यसैगरी, ३२ वटा बालुवा प्रशोधन उद्योगका नाममा दर्ता भएको र ६ वटा बन्द भएको पाईएको छ । ति मध्य २६ वटा सञ्चालनमा रहेका र १० वटाले क्रसर उद्योग समेत चलाएको पाईएको हो ।

बन्द गर्न निर्देशन दिईएका उद्योगहरुमा स्वर्गद्धारी स्किृनप्लान्ट प्राली, जनविश्वास बालुवा बासिङ उद्योग, गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रसोधन वासिङ उद्योग, मंगलम बालुवा प्रशोधन उद्योग, बागरबाबा बालुवा प्रशोधन उद्योग, पाण्डबेश्वर बालुवा वासिङ उद्योग, जयबागेश्वरी बालुवा प्रशोधन उद्योग, दाङ एग्रीगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रीगेट बालुवा वासिङ उद्योग रहेका छन् ।

उनिहरुलाई १५ दिन भित्र उद्योगलाई बन्द गर्न निर्देशन दिईएको र अटेरी गरे राज्यका सेवा सुविधा कटौती सँगै दर्ता खारेज सम्म गर्ने चेतावनी दिईएको हो ।

प्रतिक्रिया दिनुहोस

data-href="