दाङ। घोराही सिमेन्ट ईण्डष्ट्रिज प्रालिका विरुद्ध उच्च अदालत तुलसीपुरमा रिट दायर भएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ र ४ मा पर्ने प्रालि विरुद्ध स्थानियले अदालतमा आज रिट दायर गरेका हुन । प्रालिले सगरमाथा सिमेन्ट उत्पादन गर्दै आएको छ ।
स्थानिय नागरिकले उद्योगबाट दैनिक निस्कने धुलो , धुवा, र ध्वनी प्रर्दुषण तत्काल रोक्नु पर्ने, नागरिकको जनस्वास्थ्यमा प्रतिकुल असर र प्रदुर्षणजन्य कुनै पनि कार्य गर्न नहुने, उद्योग तथा कलकारखानाहरु प्रचलित कानुनको दायरामा रहि बातावरण प्रदुषण नहुने गरी व्यवस्थित ढङगबाट सन्चालन गर्नुपर्ने लगाएतका विभिन्न माग राख्दै आएपनि सुनुवाई नभएपछि उनीहरुले अदालतमा रिट दायर गराएका हुन ।
साथै उनीहरुले उद्योगका कारण नागरिकको जनस्वास्थ्यमा थप क्षति हुन नदिने गरी उपयुक्त आदेश जारी गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस